सैघाली खबर,
घोराही , ३०फागुन । घोराही उपमहानगरपालिकाले सहजै गुनासो सनेर समस्या समाधान गर्न र सहज रुपमा सूचना प्रवाह गर्नका लागि पैसा नलाग्ने फोन सेवाको सुरुवात गरेको छ । गएको माघ ११ गतेको १९ औँ नगर कार्यपालिका बैठकबाट भएको निर्णय अनुसार उपमहानगरले नागरिकको गुनासो व्यवस्थापन र सहजरुपमा सुचना प्रबाहका लागि पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेको हो ।
उपमहानगरपालिकाको कार्यक्षेत्र भित्रका कुनै पनि गुनासा, समस्या र सूचनाका लागि पैसा नलाग्ने नम्बर १६६०८२५६५५५ को व्यवस्था गरेको हो । यो टेलिफोन नम्बरमा फोन गरेर कुनै पनि गुनासो राख्न, समस्या भन्न र सूचना प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
समस्या तथा गुनासाहरु सम्बन्धित महाशाखाहरुबाट समाधान हुने र यदी हुन नसकेको खण्डमा तत्काल नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउन नगर प्रमुख चौधरीले निर्देशन दिनुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।