दाङमा एक व्यतिm १६ बर्ष पछि पक्राउ



दाङ २ असार
तत्कालिन नेकपा माओबादीले घोराही कारागारमा आक्रमण गर्दा फरार भएका एक जना कैदिलाई दाङमा प्रहरीले १६ बर्ष पछि पक्राउ गरेको छ । जवरजस्ती करणिको मुद्धामा दोषि ठहर भई जेल सजाय काटिरहेका घोराही १५ निबासी ३९ बर्षिय दिपक भनिने छविलाल भण्डारीलाई प्रहरीले १६ बर्षपछि पक्राउ गरेको हो ।
२०५८ साल मंसिर ८ गते राती तत्कालिन नेकपा माओबादीले घोराहीका सुरक्षा कार्यालयहरु आक्रमण गर्ने क्रममा कारागारमा पनि माओबादीले आक्रमण गरेको थियो । सो क्रममा कैदिबन्दी केही माओबादी सँगै गएका थिए भने केही फरार भएका थिए ।
जिल्ला प्रहरीको फरार अपराधी पक्राउ अभियान अन्तरगत भण्डारीलाई उनकै घरबाट पक्राउ गरिएको दाङका प्रहरी प्रमुख, एसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् । जबरजस्ती करणी मुद्धामा दाङ देउखुरी जिल्ला अदालतको २०६० साल असार २ गतेको फैसलाले ३ वर्ष कैद तोकेको थियो ।
दोषी भण्डारी २०५७ भदौ १८ गते देखी २०५८ मंसिर ७ गतेसम्म कारागारमा बसेको र २०५८ मंसिर ८ गते माओबादीले जेल तोडफोड गर्दा उनि भागेका थिए । घरबाटै पक्राउ परेका भण्डारीलाई प्रहरीले बाँकि रहेको १ वर्ष ९ महिना १० दिन कैद भुक्तानको लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्