राेचक

महेश भट्टको त्यो फोटोसुट, जसले उनलाई डिप्रेसनमा पुर्‍यायो

By थाहा अनलाइन

March 01, 2022

नयाँ दिल्ली। बलिउडका चर्चित फिल्म निर्देशक महेश भट्ट आफ्नो बोल्ड र स्टाइलिस जीवनका लागि परिचित छन्। महेश भट्ट आफ्नो व्यक्तिगत जीवनलाई लिएर जहिले पनि विवादमा आउने गर्छन्। महेश भट्टकी जेठी छोरी पूजा भट्टले फिल्म ‘दिल है कि मानता नही’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन।

बलिउडमा अभिनयसँगै पूजा भट्टले महेश भट्टलाई निर्माण र निर्देशनमा पनि साथ दिएकी छन्। तर, सबैलाई यो कुरा थाहा नहुन सक्छ कि एक समयमा महेश भट्ट आफ्नै छोरी पूजा भट्टसँग विवाह गर्न चाहन्थे। भारतीय चर्चित मिडिया जी न्युजका अनुसार एक अन्तर्वार्ताका क्रममा महेश भट्टले छोरी पूजा भट्टको सुन्दरता देखेर उनीसँग विवाह गर्न चाहेको बयान दिएका थिए।

यति मात्रै हैन, उनले एक म्यागेजिनका लागि फोटो सुट गराएपछि विवादमा परेका थिए। मिडिया रिपोर्टका अनुसार महेश भट्टले आफ्नी छोरी पूजा भट्टसँग बोल्ड फोटोशूट गरेका थिए। जसमा उनले छोरी पूजा भट्टको ओठमा चुम्बन गरेका थिए। जसको कारण उनी विवादमा तानिए। यो तस्बिर बाहिर आएसँगै सामाजिक सञ्जालमा तहल्का मच्चिएको थियो।

महेश भट्टको यो बयानपछि हङ्गामा मच्चिएको थियो। र, सडकबाट उनलाई माग्नेसम्मको धम्की आउन थालेको थियो। यो खबरपछि महेश भट्ट डिप्रेसनमा गएको बताइएको छ। उनलाई बाहिर निस्कन पनि गाह्रो भएको थियो। त्यसपछि, उनले सबैसँग माफी मागेका थिए।