भजन : जय शिव शङ्कर भोले बाबा



जय शिव शङ्कर जय जय भोले बाबा
परेका छौँ  सधैँ  हामी प्रभुकै चरणमा
दिनु होस् प्रभु प्राणी जगतलाई सरण
प्रभुकै नाम जप्दैछौँ जीवन मरणमा।

चार हातमा डम्बरु त्रिशुल लिएका
सर्पको माला लागाइ खरानी धस्ने
प्राणीहरु सबको  मन मनमा बस्ने
सधैँ तपस्या  गरि  कैलाशमा बस्ने।

जय शिव शङ्कर जय जय भोले बाबा
परेका छौँ  सधैँ  हामी प्रभुकै चरणमा
दिनु होस् प्रभु प्राणी जगतलाई सरण
प्रभुकै नाम जप्दैछौँ जीवन मरणमा।

सधैँ प्रभुले भाङ धतुरो नै सेवन गर्ने 
सारा प्राणी जगतको दु:ख पीर हर्ने
तिमी नै हौ प्रभु  त्रिभुवनका स्वामी 
बेल पाती चढाइ पुजा गर्दछौ हामी।

ज्ञान बुद्धि देउ प्रभु तेस्रो आँखा खोलेर
पुजा गर्दछौ प्रभुकै हरहर महदेव बोलेर 
जय शिव शङ्कर जय जय भोले हे बाबा
तिम्रै शरणमाछौँ सारा प्राणी जगत सब।

जय शिव शङ्कर जय जय भोले बाबा
परेका छौँ  सधैँ  हामी प्रभुकै चरणमा
दिनु होस् प्रभु प्राणी जगतलाई सरण
प्रभुकै नाम जप्दैछौँ जीवन मरणमा।

भजनका रचनाकार 
राज कुमार कार्की 
मे न पा -१५, झापा , नेपाल।
धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्