सैघाली खबर,
तुलसीपुर ३० फागुन ।
सोमवार यूएस एयरको विमान दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिहरु प्रति तुलसीपुरमा श्रद्धाञ्जली ब्यक्त गरिएको छ । तुलसीपुरमा मंगलबार बिभिन्न संघसंस्थाले कार्यक्रम गरी घाईतहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामन समेत गरेका छन् । दाङ फिमेना गु्रप, दाङ युनिटि, डब्लुजेएफ, ज्ञानदीप कलेजलगायतका संघसंस्थाको आयोजनामा श्रद्धाञ्जली ब्यक्त गरिएको हो । बिमान दुर्घटनामा परी मृत्यु भएका ४९ जना ब्यक्तिको सम्झनामा बजार परिक्रमा गरी बिरेन्द्र चोकमा पुगेर एक मिनेट मौन धारण गरिएको थियो ।
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको बंगला एयरको विमान दुर्घटनामा परि ज्यान गुमाउने विद्यार्थीहरु प्रति श्रद्धाञ्जली सभाको आयोजना गरिएको फिमेना गु्रपकी शिक्षा श्रेष्ठल जानकारी दिईन् ।
बाङ्लादेश पढ्न गएका धेरै विद्यार्थीहरुको निधन भएको भन्दै मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको श्रेष्ठले बताईन् । साथै उक्त दुर्घटनामा परि धेरै पर्यटन ब्यावसयीहरुको ज्यान गएको खबरबाट आफुहरु स्तब्ध भएको भन्दै मैन बत्ती बालेर शोक प्रकट गरिएको उनले श्रेष्ठले बताईन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।