लेखक संघ दाङले महिला कवि गोष्ठि गर्ने



पार्बती बस्नेत,
घोराही ३० फागुन।

लेखक संघ दाङको पहिलो पुर्ण बैठक आज सम्पन्न भएको छ ।
संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले यहि चैत्र महिनाको २४गते शनिबारको दिन महिला कवि गोष्ठि गर्ने जनाएको छ । साथै उक्त महिला कबिता प्रतियोगितामा भाग लिन चाहने ईच्छुक महिलाहरुले लेखक संघ दाङको कार्यालयमा अथवा संघका उपाध्यक्ष गोविन्द पौडेल र सचिब पिताम्बर रिजाललाई यहि चैत्र १५गतेभित्र सम्म कबिता बुझाई सक्नुपर्ने जनाईएको छ ।
यसैगरी आजको बैठकले संस्कृतिबिद् डाक्टर गोबिन्द आर्चायले लेखक संघ दाङलाई पानस उपहार दिएको हुदा लेखक संघ दाङले आर्चायप्रति धन्यावाद ज्ञापन गरेको छ । आजको बैठक कार्यक्तमको सहजीकरण सचिब पिताम्बर रिजालले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्