एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ। एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए। बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ।

बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ। राप्रपा बैठक आज सकिँदैछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्