सैघाली खबर,
दाङ, ३० फागुन ।
बालबालिकाहरुको सिजर्नात्मक तथा व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यले दाङमा लिटिल मिस एण्ड मिस्टर कार्यक्रम हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल तथा रोएल ब्यूटी एकेडमीको संयुक्त आयोजनामा संचालन गरिने यस कार्यक्रममा आगामी चैत्र २१ गते घोराहीमा अडिसन हुने भएको छ । प्रतियोगितात्मकरुपमा संचालन गरिने यस कार्यक्रममा ६–१३ वर्षका बालबालिकाहरुले भाग लिन पाउने कार्यक्रम संयोजक कल्पना श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अडिसन निःशुल्क हुनेछ र अडिसनबाट छानिएकाहरुलाई केही शुल्क लिएर १ हप्ते तालिम दिइनेछ । तालिममा उनीहरुको व्यक्तित्व विकास, सामाजिकीकरण, नेतृत्व विकास, मौलिक प्रतिभा प्रष्फुटन तथा विविध विषयमा तालिम दिइनेछ । प्रतियोगीहरुको प्रतिभा, क्षमता, सिर्जनशीलता, अनुशासन र सामाजिकीकरणको आधारमा विजेता घोषणा गरिनेछ । विजेतालाई नगद, ट्रफी, उपहार तथा अन्य महत्वपूर्ण अवसर प्रदान गरिनेछ । उपाधी विजेताहरुलाई लिटिल मिस एण्ड मिस्टर सम्बन्धी राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ भने उत्कृष्ट पाँचबाट लिटिल मिस क्वीनको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ । यसका साथै प्रतियोगीहरुलाई २ दर्जन बढी विधाहरुमा अवार्ड प्रदान गरिनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।