राजमो घोराहीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न



दाङ । दाङमा गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौँ सङ्घीयता र भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गरौँ विषयमा राजमो घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

त्यसै गरी  राजमो घोराही नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण  मनि राम खनालले गर्नु भएको थियो ।

प्रशिक्षणमा प्रमुख अतिथि राजमोका केन्द्रिय नेता सुरेश थापाले फुट प्रस्त तत्वहरुले पारेको भ्रम लाइ चिर्दै पार्टी लाई एक ढिक्का बनाउनु पर्ने , राष्ट्रघाती एमसिसि सम्झौता पास गर्ने पार्टी र नेताहरूको अब गाउँ गाउँमा विरोध र भन्डाफोर गर्नु पर्ने लगायत पार्टी र सङ्गठनको बारेमा महत्त्वपूर्ण विषयमा प्रशिक्षण दिनु भएको थियो ।

राजमो केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले  नेका, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत पार्ट्रीहरुले सधैँ राजनीतिलाई स्वार्थको केन्द्रमा राखेर राजनीति गर्छन् भने राजमोको राजनीति सधैँ स्पष्ट हुन्छ भन्नु भयो र २०४६ साल पछिदेखि वर्तमानमा भइरहेको राजनीति बारे प्रस्ट पार्नु भएको थियो ।

त्यसै गरी अतिथिमा राजमो जिल्ला सदस्य सुशील पोख्रेल, अखिल नेपाल युवा सङ्घ पूर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोख्रेल, राजमो जिल्ला सदस्य खडानन्द खनाल, कृष्णा राना, जातीय समता समाज जिल्ला सचिव बलदेव बिक, अखिल (छैठौं) जिल्ला सचिव दिनेश रैदास , राजमो जेस्ठ सदस्य बुद्धि खड्का, अखिल नेपाल युवा सङ्घ घोराही नगर उपाध्यक्ष सञ्जय वली , अखिल नेपाल महिला सङ्घ नगर कोषाध्यक्ष हिरा खनाल , जनजाति सम्मेलन जिल्ला सदस्य जितबहादुर पुन , अखिल नेपाल बुद्धिजीवी सङ्घ जिल्ला अध्यक्ष चुनचुन केसी ,राजमो घोराही इन्चार्ज चन्द्रबहादुर नेपाली लगायत नेताहरूको उपस्थिति थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्