प्रदेश २

लहानमा वृद्धा आश्रम निर्माणको लागी एक दाताले गरे जग्गादान

By थाहा अनलाइन

March 04, 2022

सिरहा लहान २० फाल्गुन – सिरहाको लहान नगरपालिका वाडा नम्बर १५ स्थित बानटोल मोहनपुरमा एक जना करिब ७२ वर्षीय वृद्ध मानदेव महतोले स्नेह वृद्धा आश्रमको नाउँमा निजी १ एक कठा जग्गा दान गरेका छन्।

देशका कुनै पनि वृद्ध वृद्धाहरुलाई आमा बुवालाई छोराछोरीले बुडेस्कालमा आफ्नै छोराछोरीले रेखदेख गर्न नमान्ने बुवा,आमाको लागी बुडेस्कालको सहारा होस भन्ने देशका कुनै वृद्ध वृद्धालाई दु:ख नहुने उद्देश्यले उक्त स्नेह वृद्धा आश्रम भन्ने संस्थालाई आश्रम निर्माण गर्न जग्गा दान गरेको जग्गा दाता महतोले बताए।

समाजमा हेर्दै गरेको वृद्ध वृद्धाहरुको कष्ट बेतिथीलाई सम्झेर आफू पनि एक दिन अशक्त र बुढाे हुने छौँ सोच्दै अशक्त भएको बेला आफनो छोराछोरीले सेहार नगरेको अवस्थामा उक्त आश्रममा आफू हजारौँ वृद्धहरुले गुजारा गर्ने उद्देश्यले आफूले जग्गा दान गरेको हो।

स्थानीय महिला अधिकारकर्मी तथा समाजसेवी रिता कुमारी महतोकी एक समूहले २०७२-६-२१ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका संस्थाकी अध्यक्ष रिता कुमारी महतोले जानकारी दिनु भयो।आश्रमका अध्यक्षमा रिता कुमारी महतो उपाध्यक्षमा संजय अग्रवाल,सचिव संन्जु कुमारी दास,सदस्य राम बाबु महतो लगायतका ब्यक्तीहरुले करिब ८ बर्ष अगाडी दर्ता गराएका हुन। जग्गा उपलब्ध नभएकै कारण आश्रम सञ्चालनमा नआएको अध्यक्ष कि भनाई छिन।

लहान १५ बस्ने करिब ७२ वर्षीय मानदेब महतोले श्रीमती सुनैर देवी महतो र घरको जेठो छोरा राजा राम महतो,बुहारी कुमारी महतो लगायत परिवारमा सहमति भई आश्रमलाई ३ महिना भित्रमा जग्गा पास गर्ने समाजका सयौँ व्यक्तिहरूको उपस्थितिमा लिखित सम्झौता गरेका आरती कुमारी महतोले जानकारी दिनु भयो।