अपराध

 १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

By थाहा अनलाइन

March 04, 2022

२० गते, काठमाडौं । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोली एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका-३ सिन्धुली घर भई काठमाडौंको न्यूरोड बस्ने २२ वर्षीय रोहित विक छन् । उनीमाथि गत मंगलबार बालिकालाई बलात्कार गरेको आरोप छ ।