महाराजगन्ज , फागुन २०
नेकपा एमाले पार्टीको भातृ संगठन नेपाल उत्पीडित मुक्ति समाज महाराजगन्जको प्रथम नगर अधिवेशन बाट महाराजगन्ज का चर्चित युवा नेता पंचराम चमार नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ ।
नेकपा एमाले महाराजगन्ज नगर कमिटीको कार्यालय मा नेपाल उत्पीडित जातीय मुक्ति समाज महाराजगन्ज को प्रथम अधिवेशन बाट उपाध्यक्ष हरि नारायण प्रसाद हरिजन , सचिव कृष्ण चन्द पासी , काेषाध्यक्ष राम सवारे काेरी लगायत १७ सदस्यीय कमिटी गठन भएको हाे ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज महाराजगन्ज नगर कमिटी सदस्यहरु सन्त प्रसाद पासी , राम नन्द काेरी , राम शंकर पासी , भाेला काेरी , राम जीवन पासवान , राम छविले पासी , सुरसती काेरी , सुकदेव पासी , विक्रम रैदास , शिव प्रसाद काेरी , राम किशन काेरी र इनरमति रैदास रहेको महाराजगन्ज नेकपा एमालेले जनाएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश सदस्य सुर्यमन पासवान को अध्यक्षता , प्रमुख अतिथि नेकपा एमाले पार्टी कपिलवस्तु का सचिव एवम्
नेपाल उत्पीडित जातीय समाज मुक्ति को केन्द्रीय सचिवालय सदस्य
सि. वी . गाहतराज , जिल्ला कार्यसमिति सदस्य राम प्रघट काेरी , महाराजगन्ज नगर इन्चार्ज मबुद खां र सह-इन्चार्ज शिवराम खड्का लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।