अभिनेत्री रेखा थापाले दिइन् युट्युबविरूद्ध प्रहरीमा निवेदन




काठमाडौं। अभिनेत्री रेखा थापाले आफूलाई गालीगलौज गरेको भन्दै एक युट्युबविरूद्ध प्रहरीमा निवेदन दिएकी छन्। युट्युबमार्फत् तथा नाम गालीगलौज गरेको भन्दै नायिका थापाले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएको ब्युरोका प्रवक्ता तथा एसएसपी नबिन्द अर्यालले जानकारी दिए।

उनका अनुसार युट्युबरले नायिका विरुद्ध गालिगलौज गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ।नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण गर्नुपर्ने धाराणा सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्।

रेखाले धारणा सार्वजानिक गरेसँगै शाहका समर्थकहरुले युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू दिइरहेका बेला नायिका थापाको निवेदन आएको हो।

यसअघि साइबर ब्यूरोले पीडितको गोपनीयतामा असर पुग्ने किसिमका अभिव्यक्ति दिने तथा आरोपितलाई थप आहत महसुस हुने गरी अनुसन्धान प्रक्रियामा समेत बाधा र्पुयाउने गतिविधि गर्नेहरुलाई कानुन अनुसार कार्वाही हुने चेतावनी दिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्