ब्राउन सुगर सहित भारतिय नागरिक पक्राउः



सैघाली खबर
दाङ,३० फागुन । दाङमा ब्राउन सुगर सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । घोराही उप महानगरपालिका वडा नं।(१५ शहिदगेट स्थित जेसिज मार्गमा अबैध लागु औषध ९ब्राउन सुगर०को कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।प्रहरीले भारत बहराईच बस्ने ३४ बर्षिय परवेज आलमलाई पक्राउ गरेको जनाएको छ ।

निजको शरीर खानतलासी जुत्ता भित्र मोजा मा लुकाई छिपाई कालो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा अबैध लागु औषध ९ब्राउन सुगर० फेला पारेको हो  करीव ३९ ग्राम ब्राउँन सुगर सहित पक्राउ गरेका उनलाई लागुऔषध९ब्राउन सुगर० मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

 

फाईल फोटो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्