चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्‍यो : एमाले महासचिव पोखरेल



काठमाडौं(असार २
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुई नम्बर प्रदेशको चुनाव कांग्रेसको डिजाइनमा सारेको बताएका छन्। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टीलाई मोहोरा बनाएर आफ्नो स्वार्थ पूरा गरेको आरोप लगाए।

ुदुई नम्बर प्रदेशमा चुनाव हार्ने डरले नेपाली कांग्रेसले आफ्नो स्वार्थका लागि चुनाव सारेको हो। पूर्वगृहमन्त्री विमलेन्द्र निधिको डिजाइनमा चुनाव सारेको हो,ु महासचिव पोखरेलले भने।

उनले निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्न नमिल्ने बताउँबताउँदै कांग्रेसले चुनाव सारेको आरोप लगाए। ुकांग्रेसले प्रायोजितरुपमा आफ्नो स्वार्थ पूरा गर्न राजपलाई मोहोरा बनायो। यसले समग्रमा उसैलाई बेफाइदा गर्छ,ु उनले भने।

सत्तागठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाबीच बिहीबार बसेको बैठकले दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति गरेको थियो। सहमतिअनुसार दुई नम्बर प्रदेशको चुनाव असोज २ गते हुनेछ।

बाँकी १,५ र ७ नम्बर प्रदेशको चुनाव भने साबिक असार १४ गते नै हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्