अचम्मका कुरा

हार्डवेयरबाट फैलिएको आगोले दमौलीमा आगलागी, आगो निभाउन हेलिकप्टरबाट पानी हालियो

By थाहा अनलाइन

March 06, 2022

तनहुँको दमौली बजारमा लागेको आगो नियन्त्रणको प्रयास जारी छ । दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोका कारण ४ वटा घर जलेका छन् । सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । जमिनबाट पनि निभाउने प्रयास भइरहेको छ

आगो नियन्त्रणमा लिन ७ वटा दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ । आगोको फैलावट रोक्नका लागि सुरक्षाकर्मीले डोजर लगाएर ४ वटा टहरा भत्काएका छन् । आगो नियन्त्रणका लागि पोखरा र लमजुङबाट पनि दमकल मगाइएको छ । जमिनबाट आगो निभाउन समस्या भएपछि गृह मन्त्रालयले सिम्रिक एयरको हेलिकप्टर तनहुँ पठाएको छ ।