नवलपरासीको पश्चिम गण्डक नहरमा दुईवटा तैरिरहेको बेवारिसे शव फेला ।



नवलपरासी पश्चिम गण्डक नहरमा तैरिरहेको अवस्थामा दुई वटा बेवारिसे शब फेला परेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरा स्थित नेपाल गण्डक प्राधिकरण जल बिद्धुत केन्द्र पावर हाउसको पूर्व दिशाको गण्डक नहरमा अन्दाजी २५/ ३० र ३५ / ४० वर्षको दुई वटा पुरुषको शब एउटै ठाउँमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

शब सडेकाले पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । दुबै शबको मुचुल्का उठाई पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्