“अन्तरास्ट्रिय नारी दिवस”




“अन्तरास्ट्रिय नारी दिवस”

सफल रहोस् अन्तर्राष्ट्रिय दिवस वर्ष नै नारीको
सफलता मिलोस वर्ष एक सय बाह्र नै पारीको।
आवाज उठाउ सबले हत्या हिंसा नै हुँदा नारीको
गुणको भन्दा चर्चा हुन्छन् यहाँ त गहना र सारीको।।

नारीलाई सौता बनि दु:ख दिने तिनै हुन् यहाँ नारी
धनी हुँदा मान्ने गरिबमा बोकाउने बोक्सीकै भारी।
देवीकै रूपमा पुजिन्छन् यहाँ हिन्दू धर्ममा नारीको
भूमिकै पुजा गरिन्छ यहाँ धर्ती माता भनि बारीको।।

नारी भए सांसद सभामुख देखि मन्त्री रास्ट्रपति
बलात्कार गरि मारिएका छन् झन् निर्मलाहरु कत्ति।
आवाज छैन कतै बनेर सांसद मन्त्री राष्ट्र्पति
हत्या हिंसामा पिल्सिएका नारी छन् गाउँ गाउँमा कत्ति।।

भन्छन् आधा आकाश ढाक्ने जनसंख्या छन् धर्तीमा नारी
चार पाउको ज्यानमा एक पाउकै लुगा कठैबरी।
नारीकै सौता बनि दु:ख दिने पनि त हुन् यहाँ नारी
पर्वकै झैँ नारी दिवस मनाउने सधैं घरीघरी।।

भनिन्छ नारी पुरुष दुबै हुन् कानुनमा बराबरी
मिलि हटाउ है अब त यहाँ भेदभाव सधैं भरि।
जातपात छुवाछूत दाइजो प्रथा हटेर नै जाओस्
छोरीलाई अंस होइन शिक्षा समनता मिलि रहोस्।।

धन्यवाद।
शुभ बिहानी।
अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना।
राज कुमार कार्की
मे न पा- १५,झापा।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्