श्रीलंका नेभीविरुद्ध ब्याटिङमा नेपाल




काठमाडौं। श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। नेभीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल पहिलो ब्याटिङमा उत्रन लागेको हो।

नेपालले पहिलो खेलबाट टोलीमा ३ परिवर्तन गर्दै पवन सर्राफ, भीम सार्की र विवेक यादवलाई प्लेइङ ११ मा ल्याएको छ। पहिलो खेल खेलेका आसिफ शेख, कमलसिंह ऐरी र करण केसीले दोस्रो खेलका लागि विश्राम पाएका छन्। पहिलो खेलमा नेपालले १ सय ११ रनको जित निकालेको थियो।

युएईमा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई त्रिकोणात्मक सिरिज अघि नेपालले अभ्यासको लागि श्रीलंका भ्रमण गरेको हो। श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ। यसपछि टोलीले मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित संयुक्त ११ सँग खेल्ने कार्यक्रम छ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, विनोद भण्डारी, सागर ढकाल, विक्रम सोब, रोहित कुमार पौडेल, पवन सर्राफ, भीम सार्की र विवेक यादव।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्