एमाले सुस्ताको सङ्गठन विस्तारमा तीव्रता



रवीन्द्र यादव / नवलपरासी पश्चिम २४ फागुन

“मेरो वडा म जिताउँछु,हाम्रो पालिका हामी जिताउँछौ ,टोल टोलमा सङ्गठन, घर घरमा एमाले जन” भन्ने अभियानका साथ नवलपरासी पश्चिम सुस्ता गाउँपालिकामा नेकपा एमालेले सङ्गठन विस्तार कार्यक्रम सुरु गरेको छ। सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरे सँगै सुस्ता गाउँपालिका का ७० औटै टोलहरूमा पार्टीको टोल कमिटी गठन गरी सङ्गठन लाई चलायमान गराई अबको निर्वाचनमा नेकपा एमालेका सबै उमेद्वारहरूलाइ विजयी गराउने प्रयासका साथ अगाडी बढेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एव सुस्ता कमिटी इन्चार्ज धन बहादुर गुरुङले जानकारी दिनुभएको छ ।

केही समय पार्टीको केन्द्रमा भएको उतार चढावले गर्दा सङ्गठन जुन किसिमले अघि बढ्न पर्ने बढ्न सकेको थिएन। महाधिवेशन, जिल्ला अधिवेशन पछि सङ्गठन जिल्ला भरि नै गति लिएको बताइएको छ । हामी निर्वाचित भएर आसके पछि सुस्तामा भएका विकास , पार्टीका नीति तथा सिद्धान्त, अब हुने विकास तथा सुस्ता लाई समृद्ध सुस्ता बनाउनका लागी आगामी कार्य योजना सहित सबै घर परिवारमा पुग्ने गरी टोल कमिटीहरू गठन भई रहेका जानकारी नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एव सुस्ता कमिटी सह इन्चार्ज तथा सुस्ता पालिका प्रमुख राम प्रसाद पाण्डेयले बताए ।

फाल्गुण १५ गते पालिका कमिटी सचिवालय बैठकले निर्णय गरेर सुस्ताका सबै टोलमा ३० गते भित्र टोल कमिटी गठन गरी प्रशिक्षण पार्टी प्रवेश सहितका योजना सहित अधि बढाइने जनाएको हो । पार्टी वडा कमिटी ,राष्ट्रिय युवा सङ्घ पालिका, वडा कमिटी गठन भइसकेकाले अब अमने सङ्घ वडा कमिटी लगायत सबै जनबर्दिया सङ्गठनहरूलाई विस्तार गरी आगामी निर्वाचनमा सूर्य ध्वजा बाहक सबै लाई विजयी गराउन हामी एकजुट भई सङ्गठन विस्तार अभियानमा जूटेका छौ भनी नेपाल कम्युनिस्ट पार्टी सुस्ता पालिका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष)ले बताएका छन् ।

अभियान सुरु गरेको पहिलो हप्तामा सुस्ताका ३० ओटा टोलहरूमा एमालेको टोल कमिटी गठन भैसकेका छन्। राष्ट्रिय युवा सङ्घ सुस्ता पालिका कमिटीले युवा भेला , अमने सङ्घको वडा कमिटी गठनहरू लगायतका कार्यक्रम हुँदै आएका छन्।

केही महिना अगाडी सुस्ता गाउँपालिका कमिटीले बृहत् कार्यकर्ता भेला आयोजना सात सय जनाको सङ्ख्यामा अन्य पार्टी परित्याग गरी एमालेमा पार्टी प्रवेश गराइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्