कृष्णनगर, फाल्गुन २४
सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ। कृष्णनगर नगरपालिकाको आयोजना र माइती नेपाल, इलाका प्रहरी कार्यालय कृष्णा नगर, आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह,साना हातहरू ,सु आहारा, लगायत सङ्घ संस्थाको सहकार्यमा सञ्चालन भएको थियो। कृष्णनगर नगरपालिकाकी उपप्रमुख शबनम खातुनले कार्यक्रमको अध्यक्षता गरेका थिइन।
अतिथिहरूमा कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेल, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौला ना मसहूद खां नेपाली, राष्ट्रिय मदरसा सङ्घ नेपालका अध्यक्ष डा. अब्दुल गनी अल्कूफी,कृष्णा नगर नपा वडा नं २ वडाध्यक्ष सञ्जय गुप्ता, शिक्षा शाखा प्रमुख बलराम पन्थी रहेका थिए। कार्यक्रममा बोल्दै कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले महिलाहरू हक अधिकार बाट वञ्चित नहुनु पर्ने बताउँदै महिला अधिकार सम्बन्धी समस्या रहेको ग्राउन्ड जिरो देखि नै समाधान गर्नु पर्नेमा जोड दिए
। लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौला ना मसहूद खां नेपाली उपस्थित सबै लाई धन्यवाद दिँदै महिला लाई उच्च सम्मान दिनु पर्नेमा जोड दिँदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताउँदै महिला भएमा मात्र पुरुषको जीवन सार्थक हुने समेत बताउनु भयो। कार्यक्रममा बोल्दै उपप्रमुख शबनम खातुनले महिला अधिकारका लागि आफूहरू सधैँ लड्ने बताउनुभयो र महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजायको व्यवस्था हुनुपर्ने कुरामा जोड दिँदै कार्यक्रम समापनको घोषणा समेत गरेका थिइन।
कार्यक्रममा कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले शुभकामना मन्तव्य राख्नुभयो l माइती नेपालका विकाश श्री वास्तव लगायत प्रहरी, कर्मचारी, समाजसेवी, महिला अधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका पदाधिकारी, समाजसेवी, महिला लगायत अन्यको उपस्थित रहेको थियो lकार्यक्रम सञ्चालन ईश्वरी प्रसाद पौडेल ले गर्नु भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।