प्रचण्ड फागुन ३० मा सुदुरपश्चिम आउदै




धनगढी ,नेकपा माअाेवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको आयाेजनामा सुदूरपश्चिमका प्रदेश स्थरीय अगुवा प्रशिक्षण भेला हुने भएको छ ।

माअाेवादी केन्द्रले यहीँ फागुन ३० गते प्रदेश स्थरीय अगुवा कार्यकर्ता भेला हुने भएको प्रदेश कमिटी सचिव जनक बुढाले बताए । उनले भने,आउँदै गरेको स्थानीय तहको निर्वाचनमा पार्टी कसरी अगाडि बढ्ने र कार्यकर्तालाई कसरी प्रशिक्षण गर्ने भन्ने हेतुले नेकपा माअाेवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम प्रदेशमा आउने भएको छन् ।

प्रचण्डले विभिन्न स्थानीय तहमा पार्टी कसरी अगाडि बढ्ने आगामी निर्वाचनको तयारीमा पार्टीको अवधारणा के भन्ने विषयमा गहन छलफल हुन सक्ने स्राेतले बताए । कार्यक्रममा प्रदेशका  कार्य क्षेत्र भएका केन्द्रिय सदस्यहरु, केन्द्रिय आयोगका सदस्यहरु , केन्द्रिय सल्लाहकार , ज्येष्ठ कम्युनिस्ट मंचका केन्द्रिय सदस्यहरु , केन्द्रिय विभागका सदस्यहरु , प्रदेश कमिटीका सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरु , प्रदेश तथा जिल्ला कमिटीका पूर्व सदस्यहरु, पालिकाका पदाधिकारीहरु , स्थानीय तहका   निर्वाचित प्रमुख / उपप्रमुख ,वडा अध्यक्षहरु तथा कार्यपालिकासदस्यहरु ,जबस मोर्चाका केन्द्रिय सदस्यहरु , जबस/ मोर्चाका प्रदेश पदाधिकारीहरुको उपस्थिति हुनुपर्ने र सबैलाई उपस्थिति हुन नेकपा माअाेवादी केन्द्र सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्