साहित्य/कला

“चुनावको तयारी”

By थाहा अनलाइन

March 11, 2022

कविता मे न पा-१५,झापा।

“चुनावको तयारी”

लौ चुनाव हुने हल्ला आयो है अब शहरमा मासु भात खानलाई रहर छ गाउँ घरमा। सबै जना छन् गर्नलाई चुनावको तयारी बसेका छन् जनता सबै त्यो दिनको बाटो हेरि।।

भेडा बाख्राहरु सब तयार छन् अब काटिन मध्य रातमा गैंडा र हात्तीहरु सँग साटिन। थुकहरु पनि तयारी छन् गणना गर्दै चाटिन सोझा साझाहरु जति सब तयारी छन् ढाटिन।।

पानीका भाडाहरु सब तयारी छन् तातिन दाउराहरु पनि तयारी छन् बल्न काटिन। जिब्राहरु पनि सब तयारी छन् स्वादले चाटिन हरियो रङको धनिया खुर्सानी हुन्न रे काटिन!!

पुरानै मनोरेल नै भयो रे कुद्नलाई तयारी घुम्टो ओढेर बसेकी छिन मनोरेल कठै विचरी! ग्यासका पाइपहरु पनि तयारी छन् चुलोचुलोमा औंलाले थिची उद्घाटन गरेपछि पुग्छ रे दुलोमा!

पानी जहाज पनि बसेको छ कुद्नलाई तयारी आँसुको पोखरी चाइन्छ रे कुद्न घुँडा हाराहारी। राष्ट्रिय ध्वजा पनि लाग्नलाई भैसकेको छ तयारी पानी जहाज कुद्नेछ अनि नेपालमा सरासरी।।

मालाहरु बन्न फूलहरु फुलेका छन् सब ढकमक धागाहरु पनि तयारी छन् सब उनिन सियो सँग। गलाहरु पनि माला लाउनलाई भएका छन् तयारी उमेदवार सकिन्न भन्न कति वर्ष होलान् है हाराहारी।

भेडाहरु र बाख्राहरु भएका छन् सब काटिन तयारी कसैहरु खुकुरीमा धार लगाइ बसेका छन् कठै बरि। उता पानी पनि तातेको छ भकभकि भाडो भरि मतदाताहरु मासुभातले धोका पाए सधैं कठै बरि!

रातो रङ पनि दलिनलाई नै भएको छ तयारी हरियो रङको हुन्न भन्दा धेरै दुखी छ कठै बरि। अरु सबै रङको काम छैन रे भन्छन् अब कठै बरि हरियो रङको बिरोध हुँदा दुखी छन् सधैं प्रभु हरि।।

हरियो रङको मत पत्र नछाप्नलाई भन्ने हुकुम भो हरियो सागपात सबै भन्छन् घामले सुकुन पो। नागरिकताहरु तयारी छन् बैगुन सँग साटिन देश पनि तयार पारेका भन्छन् विदेशमा गाभिन ।।

जङ्गे पिलर पनि तयारी नै छ दिनदिनै सधैं सर्न नेपाली जनता पनि तयारी छन् भोकभोकै मर्न। निर्मलाहरु पनि तयारी छन् बलात्कार भएर मर्न आमा पनि तयारी नै छिन् सधैं त्यो पर्दैन हीही गर्न।।

मत पत्रहरु पनि सधैं तयारी छन् फेरि छापिन हरियो रङको हुँदैन रे भन्दै लागे कोही फेरि नापिन मत्र पत्रहरुको नि माग छ गरिनु पर्छ भनि बिमा मत गन्नेको हुनु हुन्न रे चपाउने दात हात कम्तीमा।

म्यादी प्रहरीहरु तयारी छन् अब सब भर्ना हुन सुरक्षा निकाय सँग मिलेर सक्छन् रे है सुरक्षा दिन। निर्वाचन आयोग पनि तयारी नै छ चुनाव अब गर्न अर्थ मन्त्रालय नि तयारीमै छ बजेट नै दिन।।

होलिवाइन र मार्सी पनि तयारी छन् पक्कै सेवा दिन जनता जनार्दनहरु तयारी छैनन् अब त्यस्तो लिन। दलहरु पनि तयारी छन् विदेशी वादको खेती नै गर्न जनताहरु चाहिदैन भन्छन् तयारी छन् बरु मर्न।।

नेताहरु तयारी छन् उमेदवारको चाडो टिकट लिन भन्दैछन् पार्टी नेतृत्वलाई जोडी जोडी मिलाएर दिन। मतदाताहरु तयारी छैनन् रे ऐले सम्म मासुभात लिन विदेशी वादको खेती गरेको देख्दा लाग्छ रे लाज घिन!

धन्यवाद ।