आजबाट पर्वतको विहादी गाउँपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइँदै |




सरु भुसाल / विहादी ,पर्वत | पर्वतको विहादी गाउँपालिकामा फागुन १५ गते आइतवार एकदिने आजबाट हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान २०७८ सुरु भएको छ |
विहादी गाउँपालिका स्वस्थ शाखा प्रमुख हरि भुसाले दिएको जानकारी अनुसार गाउँपालिकाले ६ वटा वडा भित्रका विभिन्न स्वस्थ चौकी ,विद्यालय ,धेरै मानिसलाइ पाइपर्ने चोकलाई सेन्टर बनाएर ओषधी खुवाइने विहादी गाउँपालिका स्वस्थ शाखाले जनाएको छ |

विहादी गाउँ पालिकामा आजबाट सुरु हुने अभियानमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेर आफू र आफ्नो परिवारलाई हात्तीपाइले रोककै कारणले हुन्न सक्ने अपाङ्गता बाट बाच्न र बनाउन समेत गाऊँपालिकाले अनुरोध गरेको छ |

तर यो औषधी दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने कार्यक्रममा भुसाले जानकारी गराउनु भएको छ | अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान मिल्ने जनाइएको छ । औषधि चैत ३ गतेसम्म खुवाइने छ |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्