Banner First

कुकुर भित्र छिर्न पाउने मान्छे छिर्न नपाउने यो कस्तो बिडम्बडा हो ? मन्त्री आले

By थाहा अनलाइन

March 12, 2022

नेपाल दलित साहित्य तथा सस्कृती प्रतिस्ठानले छैटौँ सम्मेलन काठमाडौँको अनामनगरमा सम्पन्न गरेको छ । सस्कृती , पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम आलेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राज्यको नीति निर्देशक सिद्धान्त समितिका सभापति निरा जैरु , नेकपा एकीकृत समाजबादिका पोलिट ब्यूरो सदस्य तथा नेपाल दलित मुक्ति सगठनका अध्यक्ष गणेश विश्वकर्मा , बहराइनका लागि पूर्व राजदूत पदम सुन्दास , प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब जगन्नाथ उपाध्याय लगायतको उपस्थिति साथै प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बराइलिको अध्यक्षतामा भएको     ।

कार्यक्रममा मन्त्री आलेले  कला सीप र साहित्य भएका उत्पीडित दलित समुदायहरू सिपका धनी कलाका पारखी समाजका इन्जिनियर हुन।यही समुदायको योगदानका कारण नै समाज बनेको छ। समाजमा चाहिने भाँडाकुँडा , लाउने कपडा , हतियारहरू भात भान्छा देखि खेतबारी सम्म प्रयोग हुने औजारहरू यही समुदायले निर्माण गरेका छन् । अझै कृषि क्षेत्रमा काम गर्ने मजदुरहरू औद्योगिक क्षेत्रमा रगत पसिना बगाउने श्रमिकहरू यही समुदायले नै योगदान दिएका छन् ।यही समुदायलाई अझै पनि दलित भनी पानी पनि चलाइँदैन र तिरस्कार र छुवाछूत गरिन्छ। यही समुदायले बनाएको भाँडाकुँडा भान्सामा चल्छ । तर यिनीहरूको हातबाट पानी चल्दैन यी समुदायले लगाउने कपडा नबनाउने हो भने समाज चल्छ कि चल्दैन? तर परम्पराको नाममा दलित समुदायलाई शोषण गरिएको छ यो दुखको कुरा हो ।

आफूले दलित समुदायको पीडा नजिकबाट बुझेको मन्त्री आलेले बताए । पूर्वमा भन्दा गरिबी अशिक्षाको कारण पश्चिममा बढी भेदभाव र अवस्था दनिय भएको मन्त्री आलेको ठम्याइ छ। दलित समुदायको आफ्नै कला र संस्कृति भएको बताउँदै चलचित्र र कलाकारितामा यो समुदाय अगाडि देखिन्छ ।गीत सगितको क्षेत्रमा होस् दलित समुदाय पहिलो हात देखिन्छ । दलित , जनजाति समुदाय राज्यबाट उत्पीडनमा परेको समुदाय हो ।कुकुर भित्र छिर्न पाउने मान्छे छिर्न नपाउने यो कस्तो बिडम्बडा हो ? यो अत्याचार कहिले सम्म हुने कहिले सम्म दलित समुदायले सहनु पर्ने हो । आफूले बुवा नभएको एक गरिब परिवारको दलित बिद्यार्थी चम्मा पार्किलाइ slc पास गरे पछि ब्याच लर पढेन इच्छा भएको हुँदा पढेन स्थिति नउद्या आफूले ब्याच लर सम्म आफैले मासिक ५ हजार उनको पढाइको लागि दिँदै आएको बताए । आफूले सम्हालेको मन्त्रालयबाट प्रतिष्ठानलाई सहयोग गर्ने समेत बताए ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको छैटौँ राष्ट्रिय सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा नेपालीलाई दलित समुदायका विद्यार्थीहरूको शैक्षिक उत्थानका लागि गरेको योगदानको कदर गर्दै भगत सर्वजित् विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्षसमेत रहेका रणेन्द्र बरालीले आफ्ना बुबा आमाको नामबाट स्थापना गरेको भीमामृत अक्षयकोषबाट स्थापित भगत सर्वजित् विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मान गरिएको थियो  । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नगद २० हजार रुपैयाँसहित सम्मान गरे । सो अवसरका २०७८ सालको भगत सर्वजित् विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट शिक्षा क्षेत्रमा दलित समुदायका लागि शिक्षाको क्षेत्रमा पुस्तकालय स्थापना गर्न तनहुँको सहिद गङ्गा माध्यमिक विद्यालयलाई २० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।