प्रकाश सपुतको नयाँ गित बिवादमा सार्वजनिक माफी मागी युटुबबाट गित हटाउन चेतावनी



प्रकाश सपुतको नयाँ गीत पीर रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेन्ड लामो गीत यति बेला युट्युबको ट्रेन्डिङ ५ मा रहेको छ ।
तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । नेकपा माओवादीका केन्द्रिय सदस्य दिप सिखा , सुबोध सेर्पाइली लगायतले चर्को आलोचना गरेका छन् ।
नेकपा माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैर जिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन् :
महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन् ।व्यवस्थापनमा केही नभएको भन्ने पनि हाेेइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युटुवमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईँलाई बुझाई रहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईँको पनि स्वतन्त्रता र तपाईँले भोगेको जातीय विभेद विरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो ।तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरी बनाइएको तपाईँको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युटुवबाट नहटाइए तपाईँको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्