आजकाे मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान



देशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

२०७८ फागुन २९ गते  (आईतबार) 

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।देशको पूर्वी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

२०७८ फागुन ३० गते  (सोमबार) 

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशभर मौसम सामान्यतया सफा रहने छ।

 

२०७८ चैत्र १ गते  (मंगलबार) 

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्