Banner Second

आजकाे मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान

By थाहा अनलाइन

March 14, 2022

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ।

 

२०७८  फागुन ३०  गते   (सोमबार )  

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर मौसम सामान्यतया सफा रहने छ।

 

२०७८  चैत्र १  गते   (मंगलबार )  

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

२०७८  चैत्र २  गते   (बुधबार )  

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन \ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।