सगरमाथा सिमेन्ट दाङ क्रीकेट लिगलाई रोका परिवार वाट एक लाख सहयोग



दाङ, चैत्र १

दाङ जिल्ला क्रिकेट संघले  यहीँ चैत्र १२  गते देखि दाङमा संचालन गर्न लागेको सगरमाथा सिमेन्ट दाङ क्रीकेट लिग-  २०७८  को दोश्रो पुरस्कार  स्वर्गीय समाज सेवी गणेश रोका मगरको परिवारले प्रदान गर्नु भएको  छ ।

आज एक कार्यक्रम बिच सहयोग रकम रु. एक लाख वहाँकि श्रीमती कमला रोका र  छोराहरु नारायण रोका मगर, गुप्ता रोका मगर, कैलाश रोका मगर र अशोक रोका मगरले दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँलाइ हस्तान्तरण गर्नु भएको थियो । स्वर्गीय समाज सेवी गणेश रोका मगर र वहाको परिवारले २०४३ सालदेखि दाङको क्रिकेट बिकासमा सहयोग गर्दै आउनु भएको र वहाको परिवार वाट दाङलाइ प्रतिनिधत्व गर्दै नारायण रोका मगर, गुप्ता रोका मगर, कैलाश रोका मगर र अशोक रोका मगरले राष्ट्रिय स्तरको विभिन्न प्रतियोगिता खेल्नु भएको छ भने कैलाश रोका मगर हाल लुम्बिनी प्रदेश क्रकेट संघका सदस्य एब  मुख्य छनोट कर्ता तथा र अशोक रोका मगर दाङ जिल्ला क्रिकेट संघका सल्लाहकार हुनुहुन्छ ।

स्वर्गीय समाज सेवी गणेश रोका मगर

दाङमा पहिलो पटक ठुलो स्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर  हुन लागेको प्रतियोगिता लाइ धरैले चासोको रुपमा लिएका छन। प्रतियोगिताको  संरक्षकको रुपमा घोराही उप महानगर पालिका, प्रमुख प्रायोजक सगरमाथा सिमेन्ट, हपिटालिटि पाटनर भिन्ग्रेली रिसोट, इन्सोरेस पाटनर शिखर इन्सोरेस, गोल्ड स्पोंसरमा किसान ट्रेडीङ् कन्सर्न- इसुजु  आगाडी आएको छ भने बिन्न व्यक्तिगत र सस्थागत सहयोग संकलन भैरहेको दाङ जिल्ल्ला क्रिकेट संघका सचिब संजु केसीले जानकारी जानकारी दिनु भएको छ  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्