दाङ क्रीकेट लिगलाई वसन्त राज थापा (प्रकाश) को गोल्ड प्रायोजन

प्रतियोगिताको आकर्षण संगै सहयोगीहरु थपिदै


दाङ, चैत्र १

दाङ जिल्ला क्रिकेट संघले  यहीँ चैत्र १२  गते देखि दाङमा संचालन गर्न लागेको सगरमाथा सिमेन्ट दाङ क्रीकेट लिग- २०७८  को गोल्ड प्रयोजकको रुपमा खेल प्रेमी समाजसेवी वसन्त राज थापा (प्रकाश) जोडिनु भएको छ। हिजो संम्पन  अक्सन ( खेलाडी खरिद ) कार्यक्रममा उपस्थित भएमा थापाले स्वस्फुर्त अक्सन कार्यक्रम बिच सहयोग रकम रु. ५० हजार दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँ लाइ हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै थापाले युवाहरुको सकारात्मक र दाङ लाई चिनाउने प्रयासमा मेरो सानो सहयोग  गर्न पाउदा खुसि लागेको र प्रतियोगिताको सफलताको शुभकामना दिनु भएको थियो। त्यसै गरि सोहि कार्यक्रममा लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष दुगा थापा मगरले प्रतियोगिताको सफलताको लागि रु. २५ हजार रकम सहयोग गर्नु भएर्को थियो । त्यस्तै बिभिन्न व्यक्तिहरु वाट समेत सहयोग प्राप्त भैरहेको संघले जनाएको छ । प्रतियोगिता लाई  जनार्दन गौतम एब श्रुति पोख्रेलले  २० हजार एक,  सन्तोस दाहालले २० हजार, मुकेश डिसीले १५ हजार र  शिशिर अधिकारि, श्रीजना पोख्रेल, डुल्लु राम पोख्रेल, भावना चन्द ठकुरी ( स्वर्गीय छोरा प्रभाकर कवरको स्मृतिमा)  १०-१० हजार सहयोग प्रदान गरेको संघले जनाएको छ  ।

ब्यबसायी एवं समाजसेवी सन्त राज थापा

दाङमा पहिलो पटक ठुलो स्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर  हुन लागेको प्रतियोगिता लाइ धरैले चासोको रुपमा लिएका छन। प्रतियोगिताको  संरक्षकको रुपमा घोराही उप महानगर पालिका, प्रमुख प्रायोजक सगरमाथा सिमेन्ट, दोश्रो पुरस्कार रकममा स्वर्गीय समाज सेवी गणेश रोका मगरको परिवार, हपिटालिटि पाटनर भिन्ग्रेली रिसोट, इन्सोरेस पाटनर शिखर इन्सोरेस, गोल्ड स्पोंसरमा किसान ट्रेडीङ् कन्सर्न- इसुजु र समाजसेवी वसन्त राज थापा (प्रकाश) आगाडी आएका  छन  भने बिन्न व्यक्तिगत र सस्थागत सहयोग संकलन भैरहेको दाङ जिल्ल्ला क्रिकेट संघका सचिब संजु केसीले जानकारी जानकारी दिनु भएको छ  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्