नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्टिय सम्मेलन दांगमा सम्पन्न भएको छ ।
सम्मेलनले चिरञ्जीवि ढकालको अध्यक्षतामा ५९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
“वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनकालागि २१औं राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ सो संगठनको २१ औ राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सम्पन्न भएको हो ।
सम्मेलनले निर्वाचित गरेको कार्यसमिति र नीतिका बारेमा थप जानकारी आउन बाँकी छ ।
यसबारे पत्रकार सम्मेलन गरेर सबै कुराको घोषणा गरिने आयोजकले जानकारी दिएके छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।