साहित्य/कला

कविता : रुखको महत्त्व

By थाहा अनलाइन

March 18, 2022

सुख दुःखमा काम लाग्ने रुखको छहारी  रोप्यौ रुख हामीले प्रति व्यक्ति हाराहारी एक रुखले हजारौँलाई दिन्छ शीतल छहारी  महत्त्व छ रुखको  जीवनकै हाराहारी।

घाम पानी छेक्ने एक मात्रै रुखको छहारी  थकाइ मेट्ने सबले घुमिफिरी चाहारी  महत्त्व जानिराखौँ रुखको शीतल छहारी  महत्त्व छ जीवन जगतकै  हाराहारी।

किसानले बनौंने काटेर रुखकै हलो  प्राणी जगतमा गर्दैन रुखले कुभलो चौतारीको बिचमा अटल छ बूढो रुख हरण गर्छ सब  सारा जगतको दु:ख।

मरुभूमि हरियाली बनाउछ  रुखले  रुखको महत्त्व सकिन्न भनेर मुखले बाटो हिड्दा थकान मार्ने रुखकै चौतारी  बूढापाका देखि बस्छन् मिलेर नै दौँतरी।

जन्म देखि मृत्यु सम्म महत्त्व  छ रुखको लिपि बद्ध नै गरे बिर्सेला भनि मुखको मर्दा पर्दा महत्त्व छ  जीवन जगतमा  मिलेर बसौं रुखमा नडुलौ  फगतमा।

रुखको महत्त्व बुझेका छन् पिता  पुर्खाले काटेर उजाड बनाउन खोज्दै मुर्खले रुख रोपि हरियाली बनाउ मेची काली  झन रुखको महत्त्व छ भन्छन् यसपालि।   अक्सिजन देखि  शीतलता नै दिने रुख चौतारीमा बसेर बाडौ हामी सुख दु:ख काटे आउँछ है हामी सबैको रातो रगत आफू भलो त हुन्छ है भलो सारा जगत।    राज कुमार कार्की  मे न पा -१५,झापा । धन्यवाद।