झिकेर मुटुको टुक्रा आफैँ भित्र अटाउने आफू भोक भोकै बसी छाती चुस्न खटाउने। नानी कोखाइ कोखाइ भन्दै लिटो खुवाउने मन भित्र दु:ख पीडा नै लुकाइ हँसाउने।।
सन्तान भोक भोकै छन् भनी बाबु कमाउने स्कुल लादा झोला बोक्दै दुई हात समाउने। हुर्काइ बढाइ पढाई ठुलो नै बनाउने राम्रो गर्लान् भनी सधैँ खुसीयाली मनाउने!
ती आमाबाबु छन् आज एक्लै सब घरघर छोराछोरी युरोप अम्रिका घुम्दै छन् सरर। पिआर खोज्दै छोराछोरी मेल्वन र सिडनी ग्रिन कार्ड र जागिर खोज्दै अम्रिका हिडनी।।
गाउँमा खेत बारी बाँझै छन् रोपनी रोपनी जागिर खोज्दै सन्तान विदेशीकै पाउ ढोग्नी। गरिब यूवा जति पसिना बगौदै खाडीमा मलामी जन्ती छैनन् कोही चढी जाने गाडीमा।।
विदेश पठाउदाकै तिर्न नसकेर ॠण शाहु किचकिच गर्दै सधैँ घरमा दिन् दिन। लग्यो शाहुले खेत बारी गरेर नै लिलाम सधैँ आमाबाबु रुद्धै बस्दै बारीकै डिलमा।।
जाउ भन्दै हिडे ती बूढाबूढी वृद्ध आश्रम पुगे खोज्दै लौरो टेकि गर्दै हस्रङ फस्रङ। पर्दै बिरामी रुद्धै छन् झार्दै तप तप आँसु बुहारी फोन गर्दिनन् कस्तो छ भनी सासू ।।
धाई बनाइ लान्छन् कत्तिले आमाबाबुलाई लान्छन् छोराछोरीले भन्दै सुत्केरी स्यार्नलाई। जस्ले जननी जन्म भूमि सब त्यागेर जान्छन् एनआरेन हु नागरिकता चाहियो भन्छन् !
डलर पठाइदिन्छु भन्छन् किन्न नै ओखती के डलरले किन्न सक्ला दु:ख पीडाको क्षति? भएर के गर्नु र बाह्र छोरा तेह्र नै नाति कुम्लो बोकि वृद्ध आश्रम जानुपर्ने भए छि!
हुन्छन् छोरी जुवाइँको छोरा बुहारीकै धनी वृद्ध आश्रम नै लगि फ्याक्छन् काम छैन भनी! बसौं जप्दै राम राम भन्दै हरिको नै नाउँ चाहिन्न डलर माया भए गाउँ फर्की आउ।।
राज कुमार कार्की मे न पा-१५,झापा।