सर्वोच्चमा देखिएको विबादले देशलाई खतरातीर लैजान्छः दाहाल



वामपन्थी राजनीतिक विश्लेषक भरत दाहालले सर्वाेच्च अदालतमा देखा परेकाे विवादलार्इ विदेशी षडयन्त्रमा भइरहेकाे भन्दै यसले देशलार्इ खतरातिर लगेकाे बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा लामाे स्टाटस लेख्दै दाहालले विदेशीहरूकाे याेजना नेपालका सबै सिस्टम असफल पारेर अाफैले शासन चलाउन यस्ताे सर्वाेच्चमा अवकाशकाे नाैटंकस् गरिएकाे विश्लेषण गरेका छन् ।

दाहालकाे विश्लेषण यस्ताे छ –

सिष्टम भङ्ग गर्ने विदेशी षडयन्त्र उत्कर्षमा, हाेसियार बनाैं !

पराजुलीकाे माफिया भक्ति, पराजुली विरूद्ध एकाएक चाेलेन्द्र जस्ताे बद्नाम पात्रकाे उत्थान र उनकाे पक्षमा मिडिया माफियाहरूकाे लार्इन, ७ महिनापछि न्यायपरिषदका नाममा पराजुली अवकाशकाे नाैटंकी !

यी घटनाक्रमहरूबाट के बुझिन्छ ? याे यी व्यक्तिहरूका बीचकाे विवाद हाे भनेर हल्का ढंगले नबुझाैं। अहिले विदेशीहरूकाे निशाना सिष्टम समाप्त पारेर नेपाललार्इ असफल बनाउने दिशामा केन्द्रीत छ।

विदेशीहरूका ३ मूख्य निशानामा एउटा निशाना हाे राज्यकाे पुनर्संरचनाका नाममा नेपालकाे इतिहास, भूगाेल र समाजकाे खण्डिकरण गरेर समानान्तर राष्ट्रहरूकाे उदय गराउनु।

दाेश्राे निशाना सिष्टम हाे। दल र राज्यका सबै निकायहरूमा एकले अर्काेलार्इ नटेर्ने र पद्धति, कानून र विधिभन्दा बाहिरबाट अाफ्ना स्वार्थहरू लाद्ने ग्याङहरू निर्माण गरेर अराजकता पैदा गर्नु।

तेश्राे निशाना नेपालीहरूकाे मानसिकता हाे। चाैतर्फी अराजकता र दण्डहिनता फैलाएर नेपालीहरूलार्इ ‘नेपालमा अब केही हुँदैन’ भन्ने निराशामा लगेर देशभक्ति र राष्ट्रिय भावनाकाे अन्त्य गरी हमला गर्नु।

हाेसियार बनाैं। यतिबेला विवादका पक्ष र प्रतिपक्षका रूपमा खडा गरिएका माफिया दलालहरू कुनै पनि देशकाे हितका पक्षमा छैनन्। यिनीहरू सबैकाे उद्देश्य यिनीहरूका पछाडि रहेका साम्राज्यवादीहरूकाे स्वार्थ अनुकूलकाे राजनीतिक वातावरण बनाउनु र यसका लागि सिष्टमलार्इ भङ्ग गर्नु हाे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्