खेलकुद

दाङ क्रीकेट लिग- २०७८ को हस्पिटल पाटनरमा दिप ज्योति हस्पिटल दाङ प्रा. लि

By Thaha Online

March 21, 2022

दाङ, चैत्र ६

दाङ जिल्ला क्रिकेट संघले  यहीँ चैत्र १२  गते देखि दाङमा संचालन गर्न लागेको सगरमाथा सिमेन्ट दाङ क्रीकेट लिग- २०७८  को हस्पिटल पाटनरमको रुपमा दिप ज्योति हस्पिटल दाङ प्रा. लि जोडिएको छ ।

आज एक कार्यक्रम बिच सम्झौतामा हस्ताक्षर  भएको थियो । दिप ज्योती हस्पिटल दाङ प्रा.लि को तर्फ वाट संचालक डा. श्रीजन अधिकारी र संघको तर्फ वाट अध्यक्ष प्रदिप मजगैयाँले सम्झौता पत्रमा  हस्ताक्षर गर्नु भएको छ। सम्झौता अनुसार दिप ज्योती हस्पिटलले प्रतियोगिता भरि भैपरी आउने प्राथमिक र अन्य स्वास्थ्य सेवा प्रदान गर्ने छ भने प्रतियोगिता भर स्वास्थ्यकर्मी मैदानमै उपलब्ध गराउने छ । दिप ज्योती हस्पिटल दाङ प्रा.लि यस क्षेत्रमा सुबिधा सम्पन्न तरिकाले बिबिध  स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

दाङमा पहिलो पटक ठुलो स्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर  हुन लागेको प्रतियोगिता लाइ धरैले चासोको रुपमा लिएका छन। प्रतियोगिताको  संरक्षकको रुपमा घोराही उप महानगर पालिका, प्रमुख प्रायोजक सगरमाथा सिमेन्ट, दोश्रो पुरस्कार रकममा स्वर्गीय समाज सेवी गणेश रोका मगरको परिवार, हपिटालिटि पाटनर भिन्ग्रेली रिसोट, इन्सोरेस पाटनर शिखर इन्सोरेस, हस्पिटल पाटनरमा दिप ज्योति हस्पिटल दाङ प्रा. लि, गोल्ड स्पोंसरमा किसान ट्रेडीङ् कन्सर्न- इसुजु र समाजसेवी वसन्त राज थापा (प्रकाश) आगाडी आएका  छन  भने बिन्न व्यक्तिगत र सस्थागत सहयोग संकलन भैरहेको दाङ जिल्ल्ला क्रिकेट संघका सचिब संजु केसीले जानकारी जानकारी दिनु भएको छ  ।