चिरन्जीवि ढकालको अध्यक्षतामा नयाँ समिति चयन गर्दै अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सम्पन्न



दाङ, १ चैत्र/चिरन्जीवि ढकालको अध्यक्षतामा ५९ सदस्यीय नयाँ समिति चयन गर्दै अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
फागुन २७ गते देखि दाङको घोराहीमा भएको अखिल क्रान्तिकारी को २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

नवनिर्वाचित अध्यक्ष चिरञ्जीवि ढकाल

जसमा काठमाडौं युनिभर्सिटीबाट चिन्रन्जीवि ढकाल, नरेन्द्र विक, त्रिभुवन युनिभर्सिटीबाट कमल बडुवाल, पोखरा युनिभर्सिटीबाट लोकेन्द्र सार्की, पोखरा विश्वविद्यालयबाट पुष्प न्यौपाने, सिटिइभिटीबाट प्रज्वल शाही, विज्ञान तथा प्रविधिबाट प्रकाश चन्द, भवानी ओझा, सुदुर पश्चिम विश्वविद्यालयबाट विरेन्द्र शाह, राप्ती ब्यूरोबाट दाङका हेमन्त जिसी, महिला जनजातिबाट प्रितिमा चौधरी प्यूठानबाट पदम पोख्रेल, रुकुमका दिपक विष्ट चयन हुनुभएको छ भने दाङका मदन केसी नारायणी ब्यूरोबाट मदन केसी प्रलाद गौतम, लुम्बिनीबाट रमेश गैरे, रुपा बुढा मगर, कुलराज बन्जाडे, शहिद स्मृति विद्यालयबाट तेज विक्रम वली, भेरी मदन चन्द, प्रेम शाही, भरत रावल, कर्णालीबाट रत्न ओथ, प्रकाश विक, सेतीबाट हर्क विक, झलक विक, विरेन्द्र विक, महाकालीबाट विरेन्द्र, प्रकाश जप्रेल, संकर महरा, सन्तोषी भट्टराई लगायत ५९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्दै आज बिहान सम्मेलन सकिएको हो ।
थप अरु पदाधिकारी केन्द्रीय समितिको बैठकले टुंग्याउने अखिल क्रान्तिकारीले जनाएको छ ।
सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिनुहुँदै नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य सन्तोष बुढा मगरले विश्व कम्युनिष्ट आन्दोलनको नयाँ विचारको स्वरुपसहित एकिकृत जनक्रान्तिको प्रक्षेपण गरिएको बताउनुभयो ।

उहाँले युवा विद्यार्थी नै एकिकृत जनक्रान्तिको आधारभूत वर्ग भएकाले देशको मुहार फेर्ने माक्र्सवादी ज्ञानसहितको शिक्षा हुनुपर्ने बताउनुभयो । शैक्षिक क्षेत्रमा दलालीकरण द्धैत शिक्षा प्रणाली हाबी रहेको भन्दै यसको अन्त्यका लागि वैज्ञानिक शिक्षा वैज्ञानिक व्यवस्थामा मात्र हुने बताउनुभयो । बन्द सत्रमा नेकपाका केन्दीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो सदस्य सितल लगायतले बोल्नुभएको थियो ।

गण्डकबाट मिलन राई, काजी गुरुङ, डम्बर विक, धौलागिरीबाट आश गुरुङ, समराज, पूर्वी ताम्सालिङबाट मुकुन्द श्रेष्ठ, राजकुमार लामिछाने, जनकपुरबाट सविन श्रेष्ठ, सगरमाथाबाट दुर्गा तामाङ, विकास थापा, विकास राई, कोशीबाट नवराज नेपाल, पुष्प न्यौपाने, मेचीबाट राजु दास, गणेश, सञ्जय राई, पश्चिम ताम्सालिङबाट लक्षुराम विक र उपत्यकाबाट शुनिल बन्जाडे प्रकास अधिकारी लोकेन्द्र बिष्ट  रहेका छन । ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्