सिराहा लहान ८ चैत – वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीको समाजसेवा प्रतिको क्रेज दिन प्रति दिन बढ्दै गरेको छ। बर्सै वर्ष देखी समाजसेवामा निरन्तर लागेका चौधरीले समाजमा आवश्यकता अनुसारको समस्या पहिचान गरी सहयोग गर्दै आएका छन्।
विगतमा पनि उनले विभिन्न किसिमको सहयोग गर्दै आएका हुन्।बाल्यकाल देखि नै नेता चौधरीलाई समाज सेवा गर्ने अपेक्षा रहिरहँदा उनी देशमा जस्तो सुकै परिस्थितिको सामना गर्न समाजमा सक्रिय रहेका हुन।
नेता चौधरी समाजसेवा गर्दा गर्दै एकासी निकै चर्चामा आएका हुन्।समाज प्रतिको जिम्मेवारी वहन गर्न अहो रात खट्दै आएका हुन्।समाजसेवी चौधरीलाई सर्व परी नेताको रूपमा चिनिने गरेका छन्।
सङ्गीता कर्माचार्य प्रतिष्ठान द्वारा लामखुट्टे टोकईबाट दलित गरिब असहाय एकल महिला लगायतका समुदायमा कसैले मलेरिया,डेङगु जस्ता रोगको सिकार बन्न नपरोस् र राती सुत्दा लाम खुट्टेबाट जोगियोस् भने उद्देश्यले लहान नगरपालिका वड़ा २४ र २२ मा एक परिवार एक झूल गरी जम्मा १०० झुल वितरण गरेका सहयोगी महेश्वरी चौधरीले बताए।
लहान नगर पालिका भित्रमा जम्मा २००० दलित परिवारलाई झूल वितरण गर्ने सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठानको लक्ष्य रहेको संस्थाको अध्यक्ष महेश प्रसाद चौधरीले पत्र कारहरूसँग सर्बजनिक गरेका हुन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।