चैनपुरमा ४० वर्षीय चौधरिको मृत्यु



उत्तम कुमार थापा बझाङ सदरमुकाम चैनपुरमा श्रम गरिखाने एक जना चौधरिको मृत्यु भएको छ। कैलाली जिल्ला भज नि नगरपालिका ढोङपुर घर भएका वर्ष ४० का राम बहादुर चौधरिको सदरमुकाम चैनपुरमा मृत्यु भएको हो ।

चौधरी विगत केही समय देखि बझाङ सदरमुकाम काम गर्दै आउनु भएको उहाँ निकट स्रोतले बताए । चाैगाउ टाेलका विरबहादु बाेहराकाे घरमा बस्दै आउनु भएका चौधरिले अत्याधुनिक मदिरा सेवन गरेका थिए । चौधरिले मदिरा सेवन गरी राति १० बजे सुतेको र बिहान उठालदा नउठे पछि उहाँको साथीहरूले प्रहरी लाई खबर गरेको थियाे ।

भाडामा बस्दै आउनु भएको उहाँ आफ्नै काेठामा मृत अवस्थामा फेला परेका हुन । उहाँ लगायत ४ जना बस्ने गरेका थिए । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्