पूर्व एसएसपीको पहलमा निःशुल्क स्वास्थ्य शिविर, ७ सय भन्दा बढी लाभान्वित



धनुषा। हालै नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साहको पहलमा बुधवार धनुषाको विदेह नगरपालिका–८ बफैमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविरमा ७ सय ५० जनालाई  निःशुल्क औषधि, उपचार तथा परामर्श सेवा प्रदान गरिएको हो । विशेषज्ञ चिकित्सकहरू डा. विजय कापर (गाइनोकोलोजी) , डा.सञ्जय कुमार साह (अर्थोपेडिक), डा. संजित साह (अर्थोपेडिक), डा.श्रीनारायण यादव (पेडियेट्रिक), डा. सञ्जय साह (पेडियेट्रिक), डा.रामस्नेही यादव (डेन्टल), डा. चन्दन साह (इएनटी), डा. प्रेमकुमार साह  (क्रिटिकल केयर), का साथै डा. सुदिप साह, सिकन्दर मण्डल र विष्णुदेव रजकले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

जागिर छाडेपछि गाउँ फर्केका पूर्व एसएसपी गोविन्द कुमार साह सामाजिक गतिविधि तर्फ केन्द्रित बनेका छन् । सामाजिक भूमिकासङ जोडिएको पारिवारिक इतिहासलाई कायम राख्न आफू प्रयत्नशील रहने उनको भनाई छ । नेपाली काँग्रेसबाट उम्मेदवारी दिने तयारीमा रहेका साहले “ चुनाव लड्न आउनै पर्छ ” भनेर गाउँलेहरूले फोन गरेपछि पदबाट राजीनामा दिएको बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्