प्रदिप परियार बने कान्छो उमेरका सहसचिव



पर्वत । पर्वतका प्रदीप परियार कान्छो उमेरको सहसचिव बन्न सफल भएका छन् । फलेवास स्थायी ठेगाना भएका परियारले २०४६ साल वैशाखमा जन्मिएका हुन् उनी अहिले ३२ वर्षका भए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत परियार खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन् ।

२ जनाको लागि खुलाइएको सहसचिव खुलामा प्रदीप र गुल्मीका सुरेश पन्थीको नाम लोक सेवा आयोगको ८ चैतको बैठकले सिफारिस गरेको हो ।
१ वर्ष नायब सुब्बाको रूपमा काम गरेका परियारले पछिल्लो ८ वर्ष शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरिसकेका छन् । परियार परीक्षण काल पूरा नगर्दै अधिकृत बनेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्