महामारिजन्य रोगहरुको रोकथाम लागि सरोकारवालाहरु संग अन्तरक्रिया



रबिन्द्र यादव ११ चैत महामारिजन्य रोगहरुको रोकथाम , नियन्त्रण , तथा निगरानीको लागि सरोकारवालाहरुको संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ लगायत गाउँपालिका भित्र देखा पर्ने किटजन्य रोगहरु , पानीजन्य रोगहरु , जनावरजन्य रोगहरु लगायत अन्य महामारी हुन् सक्ने रोगहरुबाट समस्त मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ र यस्ता रोगहरुको प्रभावकारी रोकथाम , नियन्त्रण र ब्यबस्थापनको लागि ल्याबहरुको भूमिका सम्बन्धि बिषय बस्तु समेटेर सरोकार वालाहरुको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य प्रस्तुति सहित कार्यक्रमको महत्व बारे जानकारी दिएका हुन । मौसम अनुसार बाढि,गर्मी,लामखुट्टे,आगलागी जस्ता आपतकालिन अवस्था बारे सरोकारवालाहरुको महत्त्वपूर्ण भुमिका रहने सिंहले बताए । सरोकारवालाहरुको लागि सम्पन्न भएको कार्यक्रममा प्रतापपुर स्तरीय कोभिड १९ को महामारी रोकथाम , नियन्त्रण तथा ब्यबस्थापनका लागि गरिएको प्रयासहरु सहित अन्य महामारिजन्य रोगहरु नियन्त्रणका लागि गरिएका प्रयासका बारेमा प्रस्तुतीकरण गरिएको थियोे ।
अन्तरक्रिया कार्यक्रममा कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाममा प्रतापपुर गाउँपालिका स्वास्थ्यकर्मीहरुले खेलेको भुमिकाको प्रसंशा समेत गरिएको थियोे । त्यसैगरी प्रतापपुर गाउँपालिकाले विहिबार विश्व क्षयरोग दिवस समेत मनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्र सम्पुर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गाउँपालिका प्रतिनिधि, पत्रकार लगायतका उपस्थिति रहेको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्