फोरलेनका ठेकेदारलाई कारबाहीको माग

प्रक्रिया बढिसक्यो-प्रजिअ रेग्मी


टेकबहादुर पुन, दाङ । घोराही-तुलसीपुर फोरलेन सडकका ठेकेदारलाई दाङ काँग्रेसले कारबाहीको माग गरेको छ । फोरलेन सडक निर्माणको ठेक्का पाएर काम नगरेका र भए गरेका कामको भुक्तानीमा पनि ठगी गरेका ठेकेदारलाई कारबाही हुनुपर्ने काँग्रेस दाङको माग छ । नेपाली काँग्रेस दाङका जिल्ला सभापती शँकर डाँगीको नेतृत्वमा शुक्रबार फोरलेन ठेकेदारलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाईएको छ ।

ज्ञापनपत्रमा फोरलेनका नाममा डम्पिङ गरिएका निर्माण सामग्री सहित नदिजन्य पदार्थ ब्यक्तिगत हिसाब किताब मिलाउनमा प्रयोग गर्नबाट रोक्न प्रशासनलाई आग्रह गरिएको छ । यो भन्दा अगाडी तुलसीपुर उपमहानगर पालिकाका मेयर घनस्याम पाण्डेले ठेकेदार कहलिएका आफ्नै छोरा अनुप पाण्डेको हिसाब सेल्टाउँदै गरेको कुरा बाहिर आएको थियो । स्रोतका अनुसार यो बीचमा सोनापुर सिमेन्ट उद्योगको साढे दूई करोडको लेनदेनको मुद्दा मेयर पाण्डेले सल्टाइ सकेका छन् । सोना सिमेन्टकै जग्गामा स्टक राखिएको बालुवा गिट्टी र ढुँगा तथा मेसिनरी सामान सिमेन्ट उद्योगलाई दिने सहमति पछि सोना सिमेन्ट उद्योगको तर्फबाट पर्न थालेको ठगी मुद्दा नदिने सहमति भएको बुझिएको छ । जुन बालुवा, गिट्टी र ढुंगा फोरलेन सडकका लागि भनेर तुलसीपुर उपमहानगरकै निर्णय अनुरूप खोला तथा पहाडबाट निर्वाध रुपमा उत्खनन् गरिएको थियो ।

विभिन्न ब्यक्तिबाट करिब ६ करोड ठगीका आरोपीत ठेकेदार अनुप पाण्डे अहिले दाङ प्रहरीको हिरासतमा छन । मेयर पाण्डेले गएको चुनाबमा घोराही-तुलसीपुर फोरलेन सडक निर्माणको चुनाबी नारा नै बनाएका थिए । यसर्थपनि उनी चुनाबमा सफल भएको राजनितिज्ञ बताउछन । तर अहिले फोरलेनको काम अँधुरै छ । नेपाली काँग्रेसले फोरलेन सडक बनाउन दबाब दिने उदेश्य सहित ज्ञापनपत्र बुझाएको सभापती शँकर डाँगीले बताए । उनले दाङका प्रजिअ हिरालाल रेग्मीलाई तत्काल फोरलेन सडक निर्माणका निम्ती तदारुकता दिन आग्रह गरे । फोरलेन सडक बनाउन पेटिमाथी पेटि ठेक्का दिएर सडक नबनाई दुख दिने काम गरेको भन्दै सभापती डाँगिले फोरलेनमा काम गरेर पैसा नपाएका मजदुर, ब्यबसायीलाई तुरुन्त पैसा दिलाउन प्रजिअ रेग्मीलाई दबाब दिए । ज्ञापन पत्र बुझ्दै प्रजिअ रेग्मीले फोरलेन सडक जिल्लाकै गौरबको आयोजनामा भइरहेको ढिलाई प्रती कांग्रेसले खबरदारी गरेर सकारात्मक सन्देश दिएको बताए । बिकास निर्माण, सुशासनमा सबैको खबरदारी आबश्यक रहेको उनको भनाई छ । फोरलेनका ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय दाङले बैंक कशुरमा पक्राउ गरि कारबाही अगाडी बढाएको प्रजिअ रेग्मीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्