कसरी हुँदैछ युवा संघ र वाइसिएल एकता ?



काठमाडौं ।
माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपालको केन्द्रीय समितिको बैठक सकिएको छ ।

युवा संघ सितको एकताबारे छलफल गर्न पेरिसडाँडामा बसेको बैठकले वाइसीएल केन्द्रीय कार्यालयलाई एकताबारे आवश्यक निर्णय गर्न अख्तियारी दिएको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि दुबै पार्टीका युवा संगठनहरुबीच पनि एकताको आधार तयार पार्न आवश्यक निर्णय गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको अध्यक्ष दीपशिखाले जानकारी दिए । एमाले र माओवादी केन्द्रले बैशाख पहिलो साता पार्टी एकता गर्ने बताएका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ समेतको सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्