काठमाडौं। अर्को महिना (वैशाख) देखि मुलुकमा चुनावी वर्ष सुरु हुँदै छ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिकरमंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ।
त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभाव जमाउन सक्रिय छन्। त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराई मधेसमा पार्टीको स्थिति मजबुत बनाउनतिर ओली क्रियाशील छन्।
हिमाल र पहाडमा एमालेको सङ्गठन मजबूतु नै मानिन्छ। विगतमा मधेस र सङ्घीयता विरोधीको ट्यागु एमालेमाथि छ। त्यही भएर एमाले अध्यक्ष ओलीको ध्यान तराई मधेसमा केन्द्रित रहेको एमालेकै नेताहरू बताउँछन्। सत्ता सहयात्री दलहरू गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली भने तराई-मधेसका जनप्रतिनिधिलाई पार्टीलाई धमाधम भित्र्याउँदै छन्।
चुनाव जित्ने रणनीतिमा ओली छन्। ओली आफै मधेसमा नेताहरू पार्टीमा भित्र्याउन खटिएका छन्। कार्यक्रममा आफै जान्छन्, र नेताहरू प्रवेश गराइरहेका छन्। वीरगन्ज, रङेली, नेपालगन्ज, कपिलवस्तु, बारालगायत स्थानमा भएको पार्टी प्रवेशमा अध्यक्ष ओली नै गए। एमालेले मधेसमा आक्रामक रूप अगाडि आएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।