दाङको एकऔषधी पसलमा बिभागको सिलबन्दी



दाङ २ असार

दाङ, असार २ ।घोराहीमा औषधी व्यवस्था बिभागले एक औषधी पसलमा सिल गरेको छ । विभागको शाखा कार्यालय नेपालगञ्जबाट आएको अनुगमन टोलीले शुक्रबार तुलसीपुर चोक स्थित पल्लवी औषधी पसलमा सिल गरेको हो ।

औषधी पसलले औषधीको अनुचित प्रयोग र दुरुपयोग गरेको भन्दै अनुगमन टोलीले केही औषधी जफत गरी पसलमा सिलबन्दी गरेको हो । आधा दर्जन बढी विभिन्न प्रकारका औषधीहरु नेपालमा बिक्रिका लागि अनुमती नपाएका र गर्भपतनका लागि प्रयोग गरिने औषधी , एलोपेथिक औषधी पसलमा आयुर्वेद औषधी राखेको, विक्रिका लागि नेपालमा दर्ता नभएका भारतिय औषधी, गैरकानुनीरुपले गर्वपतनको औषधी र दुईलाखको पूँजीमा पसल दर्ता भए पनि बढीको औषधीहरु फेला परेपछि सिलबन्दी गर्न परेको विभागका औषधी निरीक्षक यादबप्रसाद ढकालले जानकारी दिए ।

अनुगमनमा आएको विभागको टोलीले सच्याउन पल्लवी औषधी पसललाई निर्देशन दिए पनि सुधार नभएपछि र सुराकका आधारमा छापा मारेको जनाएको छ । यसैक्रममा केही औषधी पसल सञ्चालकहरुले अनुगमनका लागि टोली दाङमा आएको थाहा पाएपछि केही पसलहरु बन्द गरेका छन् । ७ लाखको अबैध औषधी नभएको र बिभिन्न मिडियाहरुमा  त्यो खबर आएकोमा ब्यबसायी तुलाराम बिश्वकर्माले अशन्तुष्ट ब्यत गर्नु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्