शान्तिनगर गाउँपालिकाको हिउदे अधिबेशन



सैघाली खबर,
तुलसीपर १ चैत्र।
शान्तिनगर गाउँपालिकाको तेस्रो गाउँसभा तथा हिउँदे अधिबेशन भएको छ । अधिबेशनले बिभिन्न ऐन, नियम , कार्यबिधिहरु विधेयक समितिबाट पारित गरेको छ । अधिबेशनले प्रशासकीय कार्यविधि नियेमित गर्ने एन २०७४, निर्णय वा आदेश र आधिकारपत्रको प्रमाणीकरण कर्येबिधि नीयमावली २०७४, राजपत्र प्रकाशन तथा व्यव्स्थापन गर्ने सम्बन्धि कार्यबिधि २०७४, विकाश योजनार कार्यक्रम संचालन तथा व्यव्स्थापन कार्यबिधि २०७४

पारीत गरेको छ । त्यस्तै न्यायिक समिति कर्येबिधि ऐन २०७४, सहकारी एन २०७४, आर्थिक एन २०७४, विनियोजन एन २०७४, बजार अनुगमन निर्देशिका पारीत गरेको छ ।

त्यस्तै शिक्षा क्षेत्रलाइ व्यवस्थित गर्न सबै सामुदायिक विध्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन, ७ वटै वडामा मन्टेसवरी कक्षा संचालन गर्न सुरुवात, विद्यालयहरुमा ई–हाजिरी, केही विद्यालयहरुमा शुद्ध खानेपानीको लागी पानी सुद्धिकरण गर्ने अक्वा गार्ड, शिक्षकहरुलाई तालिम, शिक्षा क्षत्रलाई व्यवस्थित गर्न शैक्षिक बहस तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्