ईलाका प्रहरी कार्यालय लहान द्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम 



सिराहा लहान १३ चैत – ईलाका प्रहरी कार्यालय लहानले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ।लहानका इन्चार्ज डा.तपन कुमार दाहालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको उप-मेयर सरियार चौधरी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

विशिष्ट अतिथिमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक लाल अमात्य रहनु भएको थियो।अतिथिहरूमा नेपाल पत्रकार महासङ्घ सिराहा सखाको सभापति मनोज बनैता यादव इन्सेकको सिराहा प्रतिनिधि दुर्गा परियार लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

दुर्गा परियारका अनुसार शान्ति सुरक्षाको लागी खटिनु हुने प्रहरीको भूमिका समाजमा जग्जाहेर नै रहेको उनले औँल्याएका थिए। प्रहरी जस्तै हामी सम्पूर्ण नागरिकको कर्तव्य हो।हाम्रो वरिपरि भएको पराधी गतिविधिको जानकारी प्रहरी लाई पुर्‍याउने र घटना लुकाएर हुदैन त्यसलाई कारबाहीको दायरामा ल्याउनु पर्छ।हामी भन्दा नेपाल प्रहरीको अनुशासन बढी नै हुने गरेको बताए।प्रहरीमा भएको कमी कमजोरीको टिप्पणी गरेका थिए।

इन्चार्ज दाहालका अनुसार प्रहरी लाई भन्नु भन्दा काम गरेर देखाउनु पर्छ। प्रचार बाजी गरेर हुदैन।लागु औषधमा सिराहामा निकै युवाहरू बिगारिएको हामीले पाएका छौँ।लागु औषध प्रयोग कर्ता नाका बाट मात्र हैन खुला बोडर भएकोले चोर बाटो भएर पनि युवाहरूले ओसारपसार गर्ने गरेको हामीले पाएका छौँ।प्रहरी जस्तै  नागरिकले पनि सहयोग हुनुपर्छ। लहानबाट १५ महिनामा १ करोड ६० लाख बराबरको राजस्व नेपाल सरकारलाई हामीले बुझाएको दाहालले बताए।

लहानमा मोटरसाइकल चोरीको बिगबिगी निकै मौलाएको छ। ३९ वटा मोटरसाइकल चोरी भएको मध्ये २९ वटा मोटरसाइकल चालक सहित बुझाएको अवस्था रहेको छ। अपराधमा लहानको प्रहरीले ९०% काम गरेको छ उनले गर्भ गरेका थिए।आफूले कसैले दुख नदिए हिसाबले काम गरेको छु उनले सुनाइन्। उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्