जसपा लाई सबै मिलेर विजयी बनाउन आग्रह: प्रदेश अध्यक्ष यादव



कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता जसपा कपिलवस्तु क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षता तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ।

कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा सहित सयौँको सङ्ख्यामा जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादवले प्रवेश गराएका छन् । गत निर्वाचनमा राप्रपा बाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहौल तताएको छ । 
जसपा नेपालको शनिवारको  कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले जनसङ्ख्याको आधारमा आरक्षण हुनु पर्ने, नागरिकताको समस्या समाधान हुनु पर्ने ,  काँग्रेस र कम्युनिस्ट बाट नेपालको विकास सम्भव न भएको, मधेस आन्दोलनमा कृष्णनगरको भूमिका अविस्मरणीय रहेको बताए।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपाल  लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले विकासका हरेक सम्भावना जसपाका परिवार लागेर खोल्नु पर्ने, आउने चुनावमा जसपालाई सबै मिलेर विजयी गराउन आजै देखि लाग्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मन्त्री पूर्ण मति ढेंगा, सहसराम यादव, जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष राज कुमार चौधरी, जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, लगायत अन्य वक्ता हरूले विकास कसरी गर्ने, जसपा नेपाल पार्टीको आउने स्थानीय चुनावमा भूमिका कस्तो हुने, जनताको हक अधिकार कसरी सुरक्षित गर्ने, जनताको भलाईको काम जसपा सधै गर्दै आएको वक्ता हरूको जोड रहेको थियो ।

कार्यक्रममा वृजेश कुमार गुप्ता, नइम अरशद इदरिसी, जीवन श्रीवास्तव, लगायत समाजसेवी, पत्रकार,  बुद्धिजीवी, जसपा नेपाल समर्थक लगायतको उपस्थित रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्