ओहो कत्ति छिट्टै १९औ बसन्त पार गरेछु पत्तै भएन..!



नया आकाश नया धर्ति नया पल नया दिन अनि नया बिहानि नया बर्ष र म यो धर्तिमा आएको नया जन्मदिन चैत्र१४ मृत्युका हजारौ लाखौ बाटोहरू होलान तर जिबनको एउटै हुने रैछ जहा मेरा आदरणीय तथा पुजनिय आमा बाबा हुनुभो जस्को म सधै रिणि हुनेछु हो आमा आज म जन्मेको दिन हजुरको मुहारमा खुशि छाएको दिन ति आशुले भरिएका आखामा खुशि आएको दिन बर्षौ देखि छोरो भयन भनि रून्चे अनुहारमा खुशि छाएको दिन म कसरि सम्झु आमा म त एक पात्र मात्र थिए मलाई यो संसारमा जन्मदिनु भयो अब सधै सत्यको मार्गमा हिंड्नेछु बाबाको र हजुरको नाम उच्च राख्नेछु आमा।

आमा म कसरि बढ्न गरू हजुरलाई म संग बणन गर्नलाई कुनै शब्द छैन आमा कुनै शब्द भेटिन आमा आमा भन्ने शब्द कति महान छ है जो कि गुमाइ सकेपछि कहिलै नपाउने रैछौ आमा म हजुर जस्तो हजारौ आमाको आशु पुछ्ने छु हजुरको छोरो हु भनि दुनियाँलाई चकित गराउने छु छोरो होस त यस्तो पो भन्ने बनाउने छु हरेक समय हरेक ब्यक्तिलाई सुध्रिन आह्वान गर्नेछु। गीताको एउटा छ यो भनाई आज मनन गर्दै यहाँ सबै कुरा परिवर्तित छ भन्ने विषय प्रमाणित भएको अनुभव गरिरहेको छु। यसो फेसबुक खोले फेसबुकमा सयौँ सन्देशहरु प्राप्त देखे सयौँ सूचनाहरु आएका रहेछन तपाइको जन्मदिन तपाइलाई जन्मदिनको शुभकामना पो भनिएका रहेछन। बिहानीपख घामका किरणले पृथ्वीमा स्पर्श गर्न नपाउँदै मेरी पूजनीय आमा ले आफ्नो मृत्यु संग लड्दै छाती र मुटु चिरा पर्दा पनि धर्तीमा घुँडा टेकाउँदै आशु धारा बगाउँदै मलाई धर्तीमा पाइला टेकाउँदा म कसैको नाति कसैको दाई भाई अनि मेरा पूजनीय आमा र बुवाको छोरो भएर जन्मिएको दिन पो थियो। यहाँ प्रकृतिको नियम ले भनेको छ नि मान्छे लगायत विभिन्न जीवहरू जन्मिनछन् हर्कुन्छन ठुला हुन्छन् सृष्टि बचाउनका निम्ति सन्तानोत्पादन गर्छन् बुढा हुन्छन् र मर्छन्। हो मान्छेको जन्म भएपछि एक दिन अवश्य मर्छ धुव्र सत्य छ तर बाचुन्जेल आफ्नो जीवनको नाटक मा आफू मुख्य पात्र भएर नाटक मञ्चन गर्ने गर्दछ त्यसै गरी आज म तपाई हामी सबै नाटक मञ्चन गर्दै छौ !

समय बित्दै गयो मैले यस धर्तीमा पाइला टेकेका लगभग १९ वर्ष पो पुगिसकेछ हेर्दा अनि आमा बुवालाई सम्झदा आँखाबाट हर्षका आशु प खसे। केही ठुला गलत काम गरे हुला केही राम्रा काम पनि गरेहुला धेरै साथीहरू बनाए हुला तर आज म अति नै उत्साहित र फरक अनुभव गरिरहेको छु किनकि आज त मेरो जन्मदिन पो थियो! आमा बाबाको अनुशासित इमान्दार कर्तव्यनिष्ठ तथा पालन कर्ता छोरा बन्ने प्रयत्न गर्नेछु मलाई हरेक क्षेत्रबाट सहयोग गर्ने सधैभरि माया गरिरहने मेरा अग्रजहरूलाइ म मनैबाट सम्झन चाहान्छु अभागी छोरा जन्मायौ आमा केहि समय पर्ख परीबर्तन पक्कै गराउने छु।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्