लहान ८ मा एमालेबाट अध्यक्षका लागी हरि नारायण महतो चुनावी प्रतिस्पर्धामा आउँदै



सिराहा लहान १५ चैत – लहान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षका लागी सम्भावित उम्मेदवार स्थानीय हरि नारायण महतोले आफू अध्यक्षका लागी उपयुक्त र सक्षम छु भन्दै नेपाल कम्युनिस्ट पार्टी एमालेबाट आउने स्थानीय तहको निर्वाचनमा भाग लिने इच्छा व्यक्त गरेका छन्।

उक्त वडाका लागी आफू चुनावमा निर्वाचित हुन ठुलो प्रतिस्पर्धामा रहने उनले बताए। विगत लामो समय देखि कम्युनिस्ट आन्दोलनमा होमिएका नेता हरि नारायण महतोले आउने चुनावमा भाग लिने निर्णय गरेका हुन्। उनलाई समाजको व्यक्तिहरूले नेता महतोलाई विश्वासिलो व्यक्तिको रूपमा चिनिएका हुन।

ऊनी २०५४ साल देखि कम्युनिस्ट राजनीतिमा सक्रिय भई हाल नेपाल कम्युनिस्ट पार्टी एमालेको वडा कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। बजारलाई झैँ विकसित र व्यवस्थित गर्न आफूले उम्मेदवारी दिने निर्णय गरेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्